‘आइएमई पे’ बाट काट्दा यती एयरलाइन्सको टिकट निःशुल्क

काठमाडौं, १९ फागुन । आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पेबाट एयरलाइन्सको उडान टिकट काट्दा लक्की ड्र मार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निःशुल्क उडान टिकट पाउने भएका हुन् ।

फागुन १२ गतेदेखि कार्यन्वयनमा आएको यो व्यवस्था आगामी दुई महिनासम्म लागू हुनेछ । ‘हरेक वर्ष हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढिरहेको देखिन्छ ।

यात्रुहरूलाई सुलभ एवम् सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आइएमई पे र यती एयरलाइन्सवीच यो समझदारी बनेको हो,’ आइएमई पेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्झौता अनुसार निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थानहरू रहेका जनाएको छ । यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रबद्र्धनमा योगदान पुर्‍याउने विश्वास लिइएको जनाएको छ ।

आइएमई पे मोबाईल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागी हुन पाउनेछन् ।

अफर अवधि भरी ४ जना भाग्यशाली विजेताहरू छानिनेछन् । जसमध्ये हरेक विजेताले २ जनाका लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली विजेताहरूले उल्लेखित गन्तव्यमध्ये एउटा रोज्न पाउने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here