चीन जाँदैछन् पाकिस्तानी गधा, तीन वर्षमा ८० हजार निर्यात

क्लाउडपत्रिका
चीनले पाकिस्तानबाट गधा आयात गर्ने भएको छ । पाकिस्तानले आफ्नो निर्यात व्यापार बढाउनका लागि गधा निर्यात गर्ने बताइएको छ । गधा उत्पादनमा चीन पहिलो र पकिस्तान दोस्रो स्थानमा रहेका छन् ।

पाकिस्तान सरकारले यस्तो कदम त्यत्तिकै चालेको होइन, त्यहाँको गधापालन उद्योगमा विदेशी कम्पनीहरुले ३ खर्ब रुपैयाँ भन्दा बढी लगानी गर्ने रुची देखाएका छन् ।

पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुतख्वाको पशुपंक्षि विभागका अनुसार निकट भविष्यमै गधा निर्यात गर्ने गरी दुई मुलुकले सम्झौता गरेका हुन् । थप गधा फार्म स्थापना र सञ्चालनका लागि विभागले लगानी तथा व्यवस्थापन गर्ने बताइएको छ । हालै मात्र गधा उत्पादन र निर्यातमा सघाउनका लागि लाहोरमा एक भेटेनरी अस्पताल स्थापना गरिएको छ ।

यसका साथै डेरा इस्माइल खान र मानसेरामा विदेशी साझेदारीमा थप दुई फार्म स्थापना हुँदैछन् । पहिलो तीन वर्षमा पाकिस्तानले करीब ८० हजार गधा चीन निर्यात गर्नेछ ।

एजेन्सीबाट

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here