पर्यटक आगमन उत्साहजनक, चीनबाट आउनेको संख्या ७१ प्रतिशत घट्यो

काठमाडौं, १९ फागुन । नेपालमा पछिल्ला दिनमा पर्यटक आगमन उत्साहजनक देखिएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा नेपालमा विदेशी पर्यटकको संख्या ११६ प्रतिशतले बढेको हो ।

तथ्यांक अनुसार फेब्रुअरीमा मात्रै विभिन्न देशबाट १९ हजार ७६६ पर्यटक नेपाल आएका छन् । सन २०२१ को फेब्रुअरीमा ९ हजार १४६ जना पर्यटक नेपाल आएका थिए ।

फेब्रुअरीमा महिनामा भारतसहित बंगलादेश, पाकिस्तान, भूटान, श्रीलंका लगायतका मुलुकबाट ७ हजार २६२ जना पर्यटक नेपाल भित्रिएका छन् ।

यस्तै चीन, जापान लगायतका अन्य एसियाली मुलुकबाट ९५३ जना, यूरोपेली मुलुकबाट ४ हजार ८ सय १३, ओसियाना क्षेत्रबाट १ हजार ५३० तथा अमेरिका, क्यानडा लगायतबाट ३ हजार ६ सय १४ पर्यटक नेपाल भित्रिएका छन् ।

अन्य विभिन्न मुलुकबाट २ हजार ५१ जना नेपाल भ्रमणमा आएको विभागले जनाएको छ । बोर्डका अनुसार २०२१ भरी कुल १ लाख २६ हजार २ सय ८३ जना पर्यटक नेपाल भित्रिएका छन्।

सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here