थप १०५ जनामा कोरोना संक्रमण, ३ जना संक्रमितको निधन

काठमाडौं, १९ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४६७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी १०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार २६९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३२० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५७ हजार ८०८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here