पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, ग्यासको मूल्य यथावत

काठमाडौं १९, फागुन । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राति १२ बजे देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

भारतबाटै मूल्य बढेर आएकाले त्यसका आधारमा नेपालमा पनि बढाइएको निगमले जनाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य बढाएको दाबी गरेको छ ।

निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ ।

नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १ सय ५० रुपैयाँ तथा डिजेल र मट्टितेल १ सय ३३ रुपैयाँ पर्नेछ । पेट्रोल तथा डिजेलको नयाँ मूल्य अहिलेसम्मकै उच्च हो ।

यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलर बढेको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने ‍‍‍यसपटक पनि स्थिर राखिएको छ ।
निगमले जनाएको छ ।

रुसले युक्रेनमाथि युद्ध सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । त्यसको असर घरेलु बजारमा पनि परेको बताइएको हो । युद्ध अझै लम्बिए आउदा दिनमा पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here