इमर्जिङ नेपालको शेयर आइतवारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, २० फागुन । इमर्जिङ नेपालको साधारण शेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको ५५ लाख ५६ हजार कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले माघ २६ गते, बुधबारदेखि फागुन १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम एक सय ५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३ सय १५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे छ । कम्पनीले काराेबारका लागि ENL सिम्बाेल पाएकाे छ ।

यससँगै कम्पनीको उक्त सेयर आइतबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

यस रेन्जको बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ ।

आइतवार प्रि–ओपन सेसन (बिहान १०ः३०–१०ः४५ बजेसम्म) यी दुवै कम्पनीको शेयर तोकिएको रेन्जभित्र किनबेच भएमा नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि कारोबार खुल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here