तीनवटा प्रदेशमा मौसम बदली हुने, वर्षाको सम्भावना न्यून

काठमाडौं, २२ फागुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो ती चार प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। आज राति देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन २२ गते (आईतबार)

दिउँसो : देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन २३ गते (सोमबार)

दिउँसो : देशको सुदूरपश्चिम, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । साथै गण्डकी र सुदुर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।

रातीः देशको सुदूरपश्चिम, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। साथै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ ।

फागुन २४ गते (मंगलबार)

दिउँसो : देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । साथै कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रही गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी अन्य भू-भागमा भू-भागमा मौसम सामान्यतया सफा रहने छ। साथै बागमती र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।