शेयर बजारमा लघुवित्तहरुको पौने १२ करोड लगानी, मुद्दती निक्षेप ३८ प्रतिशत घट्यो

काठमाडौं, २३ फागुन । लघुवित्त संस्थाहरुले शेयर तथा डिवेञ्चरमा ११ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको तुलनामा लघुवित्तहरुको शेयर कर्जा घटेर ११ करोड ८४ लाख रुपैयाँमा सीमित भएको हो ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा ४१२ करोड रुपैयाँको सीमा तोकेपछि लगानी १०.६७ प्रतिशतले घटेको हो ।

गत असारसम्म लघुवित्तहरुको शेयरमा १३ करोड २६ लाख रुपैयाँ लगानी थियो ।

लघुवित्तको लगानीमा ह्रास आएको छ । २०७८ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी रु. ९ अर्ब ९१ करोड पुगेको छ ।

जुन २०७८ असार मसान्तको तुलनामा ३२.६१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ७०.४० प्रतिशतले बढेको थियो ।

विशेषगरी मुद्दती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएको कारण समग्र लगानीमा ह्रास आएको देखिन्छ ।

लघुवित्त वित्तीय संस्थाहरूले मुद्धती निक्षेपमा २०७८ पुससम्म रु. ८ अर्व २७ करोड राखेका छन् । जुन रकम २०७८ असार मसान्तको तुलनामा ३८.०१ प्रतिशतले कम हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्धती निक्षेपमा राखेको रकम ६२.२१ प्रतिशतले बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here