रोकियो शेयर बजारको ओरालो यात्रा, कारोबार रकममा पनि सुधार

काठमाडौं, २३ फागुन । शेयर बजारको ओरालो यात्रा रोकिएको छ । गतसाता करिब ११५ अंकले घटेको नेप्से यस साताको पहिलो कारोबार दिनमै ३ अंकले घटेको थियो ।

दोस्रो दिन झिनो अंकले बढेर ओरोलो यात्रामा ब्रेक लागेको हो । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २३० कम्पनीको २ अर्ब ६० करोड ९ लाख ३० हजार २९२ रुपैयाँ बराबरको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच भएका छन् ।

आइतवारको तुलनामा कारोबारमा सुधार आएको छ । त्यसदिन २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ५ वटामा परिसूचक बढेको छ भने अन्य ८ वटा राताम्मे भएका छन् । आज अन्य समूह सबैभन्दा धेरै १.५८ प्रतिशतले बढेको छ भने फाइनान्स समूह सबैभन्दा धेरै १.३४ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २७ करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा नेपाल टेलिकमको कारोबार भएको छ । यस कम्पनीको १२ करोड ६३ लाख बढीको कारोबार भएको छ । तेस्रोमा नेपाल लाइफ इन्सोरेन्स कम्पनीको भएको छ । त्यसको ११ करोड बढीको कारोबार भएको छ ।

झिनो अंकले बढेको बजारमा आज बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ५.८९ प्रतिशतले बढेको छ ।

त्यस्तै, बोटलर्स नेपाल ५.४८, सामुदायिक लघुवित्त ४.३४, इमर्जिङ नेपाल ४.०१, नेपाल टेलिकम ३.१८, शिवश्री हाइड्रोपावर ३.०८, युनाइटेड इन्स्योरेन्स, जनउत्थान लघुवित्त, वीन नेपाल लघुवित्त र शिवम् सिमेन्टको शेयर मूल्य २ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज पाँचथर पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ६ प्रतिशतले घटेर प्रतिकित्ता ४१८ रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here