नेष्डोको आइपीओ बाँडफाँड मंगलबार दिउँसो, २५ लाख बढीको हात खाली हुने

काठमाडौं, २३ फागुन । नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलका अनुसार फागुन २४ गते कम्पनीको दिउँसो १ बजे आइपीओ बाँडफाँड हुने भएको हो ।

यलो पेगोडा होटल, जमलमा बाँडफाँड गर्ने तयारी भएको क्यापिटलले जनाएको छ ।

आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा मागभन्दा ३९.०२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ ।

जसमा ७७ हजार ४५६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुनेछ ।

यसमा कुल २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । कुल ३ अर्ब २ करोड २४ लाख २५ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो ।

यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५ प्रतिशत कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here