१ रुपैयाँको नयाँ सिक्का बुधवारदेखि चलनचल्तीमा आउने, पुरानोभन्दा फरक के ?

प्रतीकात्मक तस्वीर

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले बुधवारदेखि नयाँ डिजाइनसहितको १ रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले सोमवार एक सूचना निकाल्दै १ रुपैयाँको सिक्का चलनचल्तीमा ल्याउन लागेको जनाएको हो ।

सिक्कामा साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको र बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ ।

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ ।

सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।

नेपालको नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीन हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने एकवटा थोप्ला रहेका छन् ।

त्यसैगरी सिक्को पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार चित्र रही त्यसको भित्र वर्गाकार आकृतिको बाहिरिपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म र गदाको आकृति रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here