काठमाडौंमा एकै घरका पाँच जनाद्धारा विष सेवन, एक जनाको मृत्यु

काठमाडौं, २४ फागुन । काठमाडौंको नागार्जुन नगरपालिका-६ स्थित रामकोटमा एकै घरका पाँच जनाले विष सेवन गरेका मध्ये एक जनाको मृत्यु भएको छ। भने अन्य चार जनाको अझै होस् खुलेको छैन।

सोमबार राति एक घरका पाँच जना विष सेवन गरी अचेत अवस्थामा उद्धार गरेको र त्यसमध्ये २८ वर्षीय सवर्णमान प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीलाई सोमबार राति साढे ९ बजेतिर जानकारी आएको त्यतिबेला नै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी वृत्त (स्वयम्भू) र महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली पुगेर उनीहरूलाई मनमोहन मेमोरियल अस्पताल लगेको थियो।

प्रहरीको अनुसार अनुसार वर्ष ६२ की इन्दिरामाया प्रधान, वर्ष ३८ का भीममान प्रधान, वर्ष ३५ की मन्दिरा प्रधान र वर्ष ११ की सुप्रिया प्रधानको उपचार भइरहेको हो। तर उनीहरू चारै जना अझै बोल्न सक्ने अवस्थामा रहेका छन् ।

त्यो दुई तले घर उद्धव गिरीको हो। दोस्रो तलामा पाँच जनाको परिवार डल्लुबाट भाडामा बस्न गत कात्तिक महिनामा आएका थिए। उनीहरुले के कति कारणले विष सेवन गरेका हुन भन्ने बारेमा केही खुलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here