अमेरिकी डलर अहिलेसम्मकै महँगो, एक डलर बराबर १२३ रुपैयाँ ४४ पैसा

काठमाडौं, २४ फागुन । अमेरिकी डलर हालसम्ममै महँगो कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २३ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

यो नै हालसम्मको उच्च भाउ हो । सोही दिन एक अमेरिकी डलरको खरिद दर १ सय २२ रुपैयाँ ८४ पैसा छ ।

यसअघि २०७७ वैशाख १० मा डलरको भाउ त्यतिबेलासम्मकै उच्च १२३.२४ रुपैयाँसम्म पुगेको थियो ।

करिब ३ महिना अघिसम्म डलर उकालो लाग्ने दरमा केही कमी आएपछि केही सातायता निरन्तर उकालो लाग्दै आएको छ ।

केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ ।

विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर २९ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ४ सय ४ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रीदर ४ सय ६ रुपैयाँ ४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ५१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय २५ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २७ रुपैयाँ ४१पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here