काठमाडौं, २४ फागुन । नेपाल बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समृद्ध नारी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।
मासिक न्यूनतम २५ हजार रुपैयाँ र सोहि गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशूल्क लकर सूविधा लगायत सुविधा उपलब्ध गराइने बैंकको भनाइ छ ।
त्यसैगरी बैंकले १० लाख रुपैयाँको दुर्घटना बीमाको समेत सुविधा ल्याएको छ । उक्त बचत खातामा निक्षेपको ब्याजदर समेत उच्च रहेको बैंकको दाबी छ ।
नेपालभर २१३ शाखाहरु, १४८ एटीएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकलाई बैंकले सेवा दिँदै आएको छ ।