राष्ट्र उत्थान लघुवित्तको शेयर आइतवारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, २६ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको २६ लाख कित्ता साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

संस्थाले ४ फागुनदेखि फागुन ८ गतेसम्म ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

अब आगामी आइतबारबाट दोस्रो बजारमा शेयर कारोबार शुरु हुनेछ ।

नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि प्रतिकित्ता लागि रु. १६७.४३ देखि रु. ५०२.२९ सम्म ओपन रेञ्ज दिइएको नेप्सेले जनाएको छ । कम्पनीले काराेबारका लागि RULB सिम्बाेल पाएकाे छ ।

यससँगै कम्पनीको उक्त सेयर आइतबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

यस रेन्जको बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ ।

आइतवार प्रि–ओपन सेसन (बिहान १०ः३०–१०ः४५ बजेसम्म) यी दुवै कम्पनीको शेयर तोकिएको रेन्जभित्र किनबेच भएमा नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि कारोबार खुल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here