लयमा फर्कियो शेयर बजार, नेप्से उच्च अंकले बढ्दा कारोबारमा पनि सुधार

काठमाडौं, २६ फागुन । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लयमा फर्किएको छ ।

निरन्तर ओरालो लागेको बजार साताको कारोबारको अन्तिमदिन शेयर बजार उच्च अंकले बढेको हो ।

शेयर बजार मापक सूचक (नेप्से) ५२.२१ अंकले बढेर २५६६.७९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२६ कम्पनीको २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९६९ रुपैयाँ बराबरको ५९ लाख १० हजार ६३१ कित्ता शेयर किनबेच भएका छन् ।

बुधवारको तुलनामा कारोबार रकममा पनि सुधार आएको छ । बुधवार २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १२ वटाको हरियो भएको छ भने १ वटा घटेको छ ।

उच्च अंकले बढेको बजारमा फाइनान्स समूह सबैभन्दा धेरै ५.०४ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक र हाइड्रोपावर समूह पनि ४ प्रतिशतले बढेको छ ।

बैंकिङ १६ , होटल तथा पर्यटन ४२, निर्जीवन बीमा २४८, माइक्रोफाइनान्स ९७, जलविद्युत १२३ अंकले बढेको छ ।

विकास बैंक २०२, फाइनान्स १०२, उत्पादन समूह १२७ र लगानी समूह ३ अंकले बढेको छ । अन्य उपसमूह घटेको छ ।

इमर्जिङ नेपालको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३४१.५० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर, प्रोग्रेसिभ फाइनान्स र ज्योति विकास बैंकको सेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ भने सेन्टर फाइनान्स र हिमालयन पावरको ८ प्रतिशत बढेको छ ।

त्यस्तै, युनिभर्सल पावर, सप्तकोशी डेभलपमेन्ट बैंक, विजय लघुवित्त, युनाइटेड इदीमार्दी, युनियन हाइड्रो, पोखरा फाइनान्स, युनाइटेड मोदी र न्यादी हाइड्रोपावरका शेयरधनीले ७ प्रतिशत कमाएका छन् ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज १६ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा नेपाल टेलिकमको कारोबार भएको छ । यस कम्पनीको १३ करोड १२ लाख बढीको कारोबार भएको छ । तेस्रोमा अएनआईसी एशिया बैकको कारोबार भएको छ । त्यसको १२ करोड ४६ लाख बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here