राष्ट्रिय बाणिज्य बैंकका तत्कालीन शाखा प्रबन्धक चौधरीसहित ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन शाखा प्रबन्धकसहित ४ जनाविरुद्ध काठमाडौं विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीसमेत ४ जना व्यक्ति तथा ३ वटा निर्माण कम्पनी उपर गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको हो ।

मुद्धा दायर हुनेमा नेपाल राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालिन शाखा प्रबन्धक रामजनक चाैधरी, बि.टी. निर्माण सेवा र सोका तत्कालीन निर्देशक माधव प्रसाद भण्डारी, फस्कु निर्माण सेवा र सोका प्रोपाइटर अर्जुन बहादुर बुढाथोकी, टौदह कन्स्ट्रक्सन र ठेक्का नं. ०३-०७०/०७१ का लागि जे.भी.का प्रतिनिधि पुन्न बहादुर शाही रहेका छन् ।

सडक कार्यालय, दाङ अन्तर्गत ठेक्कामा पेस्की लिन मिलेमतो गरेको, निर्माण व्यवसायी वी.टी./टौदह/फस्कु जे.भी. काठमाडौंले पेस गरेको बैंक जमानत नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रबन्धक चौधरीले वि.टी./टौदह/फस्कु जे.भी.को तर्फबाट म.प.सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराहीको पक्षमा फर्जी अग्रिम भुक्तानी जमानी पत्र र सो जमानी पत्रको नवीकरण गरेको फर्जी अग्रिम भुक्तानी जमानत पत्रहरुमा हस्ताक्षर गरी गलत लिखत तयार गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएकाे अख्तियारले जनाएको छ।

त्यसैगरि, वि.टी/टौदह/फस्कु जे.भी.का जे.भी. सदस्यहरु बी.टी. निर्माण सेवा र सोका तत्कालीन निर्देशक भण्डारी, फस्कु निर्माण सेवा र सोका तत्कालीन प्रोप्राइटर बुढाथोकी, टौदह कन्सट्रक्सन र जे.भी.का प्रतिनिधि शाहीले साविक म.प.सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराही र बोलपत्रदाता वि.टी/टौदह/फस्कु जे.भी.बीच सम्झौता भएको ठेक्का नं. ०३-०७०/०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माण कार्यमा तत्कालीन शाखा प्रबन्धक चौधरीसँग मिलेमतो गरी मतियार भई वी.टी./टौदह/फस्कु जे.भी.को तर्फबाट साविक म.प. सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराहीको पक्षमा फर्जी अग्रिम भुक्तानी जमानी पत्र तयार गरी गराई पेस्की लिई लाभसमेत लिएबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम गलत लिखत तयार गर्ने गराउने कार्यमा निजहरुको संलग्नता मतियारको रुपमा रहेकाे अनुसन्धानबाट पुष्टि पुष्टि हुन आएको देखिएको अख्तियारले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here