पर्यटकबाहेकका भिसा लिन र परिवर्तन गर्न दूतावासको सिफारिस अनिवार्य

फाइलफोटो

काठमाडौं, २६ फागुन । नेपालमा पर्यटकबाहेकका भिसा लिन र परिवर्तन गर्न विदेशीलाई दूतावासको सिफारिस अनिवार्य गरिएको छ ।

विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५ बमोजिम गठित समितिले पर्यटकबाहेकका भिसा पहिलोपटक लिनेले र भिसा परिवर्तन गर्न चाहने विदेशीका लागि आफ्नो देशको नेपालस्थित दूतावासबाट सिफारिस अनिवार्य गरिएको हो ।

गृहमन्त्रालयका सचिव टेक नारायण पाण्डे संयोजकत्वको समितिले फागुन १३ गतेको बैठकले निर्णय गरे पनि अध्यागमन विभागले बुधबार सूचना सार्वजनिक गरेको हो ।

नेपालमा अधिकांश विदेशीहरू पर्यटक भिसामा आउने गरेका र नेपालमा आइसकेपछि भिसा परिवर्तन गर्ने गरेको पाइएपछि उक्त नियम लागू गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here