न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा आवेदन माग

काठमाडौं, २७ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन मागेको छ।

मन्त्रालयले योग्यता, अनुभव र उमेर पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त पेश गर्न शुक्रबार सूचना प्रकाशित गरेको हो ।

दरखास्त दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति र कम्तिमा पनि स्नातक तह उत्तिर्ण गरेको र पत्रकारितामा सात वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

पत्रकार आचारसंहिता उलंघनअन्तर्गत सजाय नपाएका व्यक्तिले दरखास्त दिन पाउँछन्।

सात दिनभित्र आवेदन दिइसक्न मन्त्रालयले आग्रह गरेको छ। दरखास्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखामा बुझाउनुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here