काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यसहित सञ्चालनमा रहेको बिजबजार इकमर्स प्लेटफर्मको एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने भएको छ ।
अनलाइन सपिङ्गलाई प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन कम्पनीमा आबद्ध कर्मचारी र विषय विज्ञहरूले लामो समयदेखि निरन्तर बिजबजार अनलाइन सपिङ्ग एपमा कार्य गर्दै आइरहेका छन् । यस एपबाट प्रयोगकर्ताहरूले अनलाइन सपिङ्गको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नेछन् ।
यो अनलाइन सपिङ्ग एप प्रयोगकर्ताहरूका लागि अझ सहज, सुविधायुक्त र थप सेवाग्राहीमैत्री बनाउँदै समयसापेक्ष रूपमा अद्यावधिक गर्दै थप विशेषताहरू सहित सेवाग्राहीहरू समक्ष प्रस्तुत गर्दै जाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।
एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाइन सपिङ एप’ डाउनलोड गर्न सक्नेछन् भने छिट्टै नै आई ओएस प्रयोगकर्ताहरूका लागि एप्पल स्टोरमा पनि एप उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । यदि तपाई ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा पनि लिन सकिनेछ ।