वैदेशिक व्यापार: यी हुन् नेपालको बढी व्यापारघाटा भएका शीर्ष १० मुलुक

काठमाडौं, २७ फागुन । आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा नेपालको व्यापार घाटा १० खर्ब नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सात महिनामा (साउनदेखि माघसम्म) वैदेशिक व्यापार घाटा ३८.४५ प्रतिशतले बढेको हो ।

त्यस अवधिमा नेपालले १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

गत आवको सोही अवधिमा नेपालको ७ अर्ब ३३ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालबाट भारत लगायत तेस्रो मुलकमा हुने निर्यात ४२.७८ प्रतिशतले बढेको छ ।

गत पुससम्म ९५.४८ प्रतिशतले आयात बढेकोमा माघ महिनामा आयात घटेको हो ।

यस्तै, नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ । यस अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ ।

तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ७३ अर्ब ५६ करोड बराबरको थियो ।

त्यस अवधिमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख वरावरको वस्तु आयात भएको छ । यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

सात महिनाको अवधिमा नेपालबाट १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

विभागको तथ्याङ्क अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा १० देशसँग रहेको छ ।

ती १० देशमा क्रमसः भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया, युक्रेन, मलेसिया र बंगलादेश रहेका छन् ।

नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेको सूचीको पहिलो नम्बरमा पर्छ– भारत । पछिल्लो सात महिनामा नेपालको भारतसँग व्यापार घाटा ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख ६ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा भारतबाट नेपालमा ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख ९४ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट भारतमा १ खर्ब ६ अर्ब ३५ करोड ८३ लाख ८७ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको दोस्रो ठूलो व्यापार घाटा चीनसँग रहेको छ । चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालको चीनसँग व्यापार घाटा १ खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख २८ हजार रहेको छ ।

यो समयमा चीनबाट नेपालमा १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख ४३ हजार रुपैयाँ र नेपालबाट चीनमा ४८ करोड ७९ लाख १५ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग रहेको छ । यस वर्ष इन्डोनेसियासँग नेपालको व्यापार घाटा ३५ अर्ब ३४ करोड ९७ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा इन्डोनेसियाबाट नेपालमा ३५ अर्ब ३७ करोड ४१ लाख ३९ हजार रुपैयाँ र नेपालबाट इन्डोनेसियामा २ करोड ४३ लाख ५२ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको चौंथो ठूलो व्यापार घाटा युएईसँग रहेको छ । पछिल्लो सात महिनामा युएईसँग नेपालाको व्यापार घाटा ३१ अर्ब ४५ करोड ८५ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

यस वर्ष नेपालले युएईबाट ३१ अर्ब ७४ करोड २७ लाख ९२ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही समयमा नेपालले युएईमा २८ करोड ४२ लाख ६१ हजार रुपैयाँको वस्तु पठाएको छ ।

नेपालको पाँचौ ठूलो व्यापार घाटा अर्जेन्टिनासँग रहेको छ । बितेका सात महिनामा अर्जेन्टिनासँग नेपालको व्यापार घाटा २८ अर्ब ८९ करोड ८ लाख ११ हजार रुपैयाँ पुगेको छ । सो समयमा अर्जेन्टिनाबाट नेपालमा २८ अर्ब ८९ करोड २२ लाख १ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट अर्जेन्टिनामा मात्र १३ लाख ९० हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

नेपालको छैठौं ठूलो व्यापार घाटा अमेरिकासँग रहेको छ । वितेको सात महिनामा अमेरिकासँग नेपालको व्यापार घाटा २० अर्ब ११ करोड ६४ लाख १६ हजार रुपैयाँ रहको छ ।

उक्त अवधिमा अमेरिकाबाट नेपालमा ३० अर्ब ३ करोड २१ लाख ६० हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट अमेरिकामा ९ अर्ब ९१ करोड ५७ लाख ४४ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको सातौं ठूलो व्यापार घाटा अष्ट्रेलियासँग छ । भन्सार विभागका अनुसार पछिल्ला सात महिनामा नेपालको अष्ट्रेलियासँग व्यापार घाटा १५ अर्ब ६४ करोड ३४ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।

सो अवधिमा अष्ट्रेलियाबाट १६ अर्ब २८ करोड ६९ लाख ६८ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट ६४ करोड ३५ लाख ७ हजार रुपैयाँको वस्तु अष्ट्रेलिया निर्यात भएको छ ।

नेपालको आठौं ठूलो व्यापार घाटा युक्रेनसँग रहेको छ । यस वर्ष नेपालको युक्रेनसँग व्यापार घाटा १४ अर्ब ४२ करोड १७ लाख ८३ हजार रुपैयाँ पुगेको छ । नेपालले युक्रेनबाट १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँको वस्तु आयात गरेको छ । नेपालले भने मात्र १५ लाख ७८ हजार रुपैयाँको वस्तु युक्रेनमा निर्यात गरेको छ ।

नेपालको नवौं ठूलो व्यापार घाटा हुने राष्ट्र मलेसिया हो । मलेसियासँग बितेका सात महिनामा व्यापार घाटा ११ अर्ब ५० करोड ५८ लाख १९ हजार रुपैयाँ रहेको छ ।

सो अवधिमा मलेसियाबाट ११ अर्ब ५६ करोड ७३ लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ भने नेपालबाट ६ करोड १५ लाख १६ हजार रुपैयाँको वस्तु मलेसिया गएको छ ।

नेपालको १०औं ठूलो व्यापार घाटा बंगलादेशसँग रहेको छ । गत साउनदेखि माघसम्म बंगलादेशसँग नेपालको व्यापार घाटा ७ अर्ब ४२ करोड ३० लाख ९० हजार रुपैयाँ रहेको छ ।

सो समयमा बंगलादेशबाट नेपालमा ७ अर्ब ८५ करोड ६० लाख २८ हजार रुपैयाँको वस्तु आयात र नेपालबाट बंगलादेशमा ४३ करोड २९ लाख ३८ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

अझै पनि ६५ प्रतिशतभन्दा बढी जनता कृषिमै आत्मनिर्भर छन्। कृषि क्षेत्रमा सरकारले अर्बौं रुपैयाँ लगानी गरेको छ, तर प्रतिफल न्यून छ।

देशमा खाद्यान्नको माग बढी र आपूर्ति कम छ भने भएको उत्पादन पनि सही तरिकाबाट गरिब जनतामाझ पुग्न सकेको छैन। त्यसैले नेपाल सरकारले कृषि क्षेत्रको विकासमा अझै पनि समयमै सोच्न सकेन भने मुलुकमा विकराल अवस्था आउनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here