जाल्पा सामुदायिक लघुवित्तको शेयर आइतवारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, २७ फागुन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको १६ लाख कित्ता साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

जसमा संस्थापक समूहको १० लाख ७८ हजार र सर्वसाधारण समूहको ५ लाख २२ हजार कित्ता छन्।

अब आगामी आइतबारबाट दोस्रो बजारमा शेयर कारोबार शुरु हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता लागि रु. १६४.६० देखि रु ४९३.६० सम्म ओपन रेञ्ज दिइएको नेप्सेले जनाएको छ ।

कम्पनीले कारोबारका लागि ‘जेएएलपीए’ सिम्बोल पाएको छ । यो लघुवित्त गत माघ २१ गतदेखि माघ २५ गतेसम्म आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड गत फागुन १ गते गरिएको थियो।

आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो।

यससँगै कम्पनीको उक्त सेयर आइतबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

यस रेन्जको बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ ।

आइतवार प्रि–ओपन सेसन (बिहान १०ः३०–१०ः४५ बजेसम्म) यी दुवै कम्पनीको शेयर तोकिएको रेन्जभित्र किनबेच भएमा नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि कारोबार खुल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here