बोटलर्स नेपालविरुद्ध साढे ७ अर्ब कर छलीको मुद्दा दायर

काठमाडौं, २७ फागुन । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेड कम्पनीविरुद्ध राजस्व छलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागले सेयर बिक्रीमा पुँजीगत लाभकर छली भएकोमा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बिगो र जरिवाना दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेद्धारा जारी विज्ञप्तिमा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ माग दाबीसहित विभागले मुद्दा दायर गरेको उल्लेख छ।

कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदा बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता ३,८८३ रुपैया थियो ।

कोकाकोला साब्कोले यो सेयर प्रतिकित्ता ५३६ रुपैयाँमा किनेको थियो । उसले किनेको र बेचेको सेयरको मूल्य अन्तर अथवा साब्कोलाई लाभ हरेक कित्ता सेयरमा ३,३४७ रुपैयाँ रहेको थियो ।

साब्कोले युरोपियन रिफ्रेसमेन्टलाई १४ लाख ८४ हजार तीन सय एक कित्ता सेयर ४ अर्ब ९६ करोड ७९ हजार ५५ लाख चार सय ४७ रुपैयाँ पुँजीगत लाभ प्राप्त गरेकोमा सो अनुसार लाग्ने लाभकर भने नबुझाइएको पाइएको थियो ।

उक्त कारोबारमा २५ प्रतिशत पुँजीगत लाभ कर लाग्नेमा खरिदकर्ताले नै स्रोतमा करकट्टाको प्रावधान अनुसार १५ प्रतिशत र बिक्रीकर्ताले १० प्रतिशत बुझाउनुपर्छ ।

विभागले बोटलर्स नेपाल लिमिटेडका शुक्ला वासान, मेल्भिन तान चुन पिन, मोहम्मद अमिन गोनेम, गौरव खोस्ला, सन्दीप बजोरिया, देवव्रत मुखर्जी, सुमन्त दत्त, जवाहर सोएली कुपुस्वामी र संकेत रायलाई पनि प्रतिवादी बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here