तरलता सहज नभएपछि चैतमा पनि ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय

काठमाडौं, २९ फागुन । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले चैत महिनाका लागि ब्याजदर नघटाउने निर्णय गरेको छ ।

तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् । सहमति अनुसार वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिनेछ ।

फागुनको लागि पनि निक्षेपमा नयाँ ब्याजदर त्यति नै रहेको थियो । ब्याजदर घटाउने वा बढाउने भन्ने विषयमा शुक्रबार साँझ २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक बसेको थियो ।

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । पछिल्लो केही महिना यता लगानी योग्य रकम ९तरलता०को अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here