शेयर बजारमा उछाल, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २९ फागुन । सेयर बजारमा उछाल आएको छ ।

आइतबार बजार खुलेदेखि नै उकालो लागेको शेयर बजारमा १ बजेर ४५ मिनेट जाँदा नेप्से ९५.६७ अंकले बढेर २६६२.६२ विन्दुमा पुगेको छ । कूल ३ अर्ब ४३ करोड १९ लाख ६१ हजार ८२३ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सनिमा लाईफ इन्स्योरेन्स लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक र एशियन लाइफको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा लगातार उछाल आएको यो दोस्रो दिन हो । गत बिहीबार पनि नेप्से करिब ५२ अंकले बढेको थियो ।

पछिल्लो एक महिना यता लगातार घटेको नेप्से बिहीबारदेखि उकालो लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here