ग्रीन भेन्चर्सले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

काठमाडौं, ३० फागुन । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो।

कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि १० प्रतिशत आईपीओ बिक्रि गरिसकेको छ ।

खुल्ला गर्ने मध्ये जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री हुन नसकेमा ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि पहिलो चरणमा फागुन २ देखि आयोजना प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने मध्यम रुपमा सुरक्षित रहेको जनाउँदछ ।

कम्पनीले हाल रामेछाप र ओखलढुंगाको सीमानामा ५२.४ मेगावाटको लिखुखोला चौथो हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।