जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं, ३० फागुन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) काराबार शुरु भएको छ ।

सोमवार प्रि-ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ ।

कम्पनीको पहिलो कारोबार ३१८.६० रुपैयाँमा भएको छ । पहिलो कारोबारका लागि यो कम्पनीलाई नेप्सेले न्यूनतम रु. १६४.६० देखि रु ४९३.६० सम्म ओपन रेञ्ज तोकेको थियो ।

यो लघुवित्त आईपीओ गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। तर हिजो आइतबारको स्पेसल प्रिसेसनमा नेप्सेले तोकेको रेन्जभित्र यो लघुवित्तको सेयर किनबेच नभएपछि नियमित समयका लागि कारोबार खुलेको थिएन।

नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको कुल १६ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १० लाख ७८ हजार र सर्वसाधारण समूहको ५ लाख २२ हजार कित्ता छन्।

कम्पनीले कारोबारका लागि ‘जेएएलपीए’ सिम्बोल पाएको छ । यो लघुवित्त गत माघ २१ गतदेखि माघ २५ गतेसम्म आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड गत फागुन १ गते गरिएको थियो।

आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here