अर्घाखाँची सिमेन्ट अब ५३ ग्रेडमा, आइपीओमा जाने तयारी

काठमाडौं, ३० फागुन । अर्घाखाँची सिमेन्ट लिमिटेडद्वारा उत्पादित अर्घाखाँची ओपीसी सिमेन्टले नेपाल सरकारको ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

कम्पनीले यसै वर्षको भदौमा ४३ ग्रेडको मान्यता प्राप्त गरेको थियो ।

आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्वारा औपचारिकरुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्रीवितरणलाई सधैँ प्राथमिकतामा राख्ने जनाएको छ ।

नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो ।

अर्घाखाँची सिमेन्ट कम्पनीले क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको छ । गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आइपीओमा जाने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here