सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली अनिश्चितकालको लागि बन्द

काठमाडौं, ३० फागुन । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली मंगलवारदेखि अनिश्चितकालको लागि बन्द गर्ने भएको छ ।

विभागले सोमबार एक सूचना जारी गर्दै अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द गर्ने घोषणा गरेको हो ।

विभागको सूचनामा भनिएको छ ‘हालसम्म परेका अनलाईन आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले यही मिति २०७६ चैत्र १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सवारी चालक अनुमति पत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here