शिखर इन्स्योरेन्सको हकप्रद शेयर विक्री खुल्यो, कसरी दिने आवेदन ?

काठमाडौं, १ चैत । शिखर इन्स्योरेन्सले हकप्रद शेयर विक्री गर्ने खुल्ला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् १०:३ अनुपातमा हकप्रद शेयर विक्री खुल्ला गरेको हो ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयरको विक्री खुल्ला गरेको हो ।

इन्स्योरेन्सको हकप्रदमा लगानीकर्ताले चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, शिखर इन्स्योरेन्सको रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालय, आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत आवेदन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले माघ २१ गते बुकक्लोज गरेको थियो।

त्यसअनुसार माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी २ अर्ब २८ करोड पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here