नेपाल टेलिकमले ४० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं, १ चैत । नेपाल टेलिकमले ४० प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश दिन लागेको हो ।

टेलिकमले पहिलोपटक बोनस शेयर प्रस्ताव गरेको छ । लाभांश प्रस्तावसहित यसले चैत २४ गते साधारण सभा पनि बोलाएको छ ।

शेयर प्रस्ताव सहित आफ्नो १४ औँ वार्षिक साधारण सभा चैत २४ गते बिहिबार त्रिभुवन आर्मी अफिसर्स क्लब काठमांडौमा बिहान ११ बजे सुरु हुनेछ ।

यसका लागि चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार १० चैत सम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here