जागिरको खोजिमा हुनुहुन्छ ? खानेपानी संस्थानमा रोजगारीको अवसर

काठमाडौं, १ चैत । नेपाल खानेपानी संस्थानले विभिन्न पदमा रोजगारी खुलाएको छ। महिनाका लागि करार सेवामा पदपूर्तिका लागि योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त माग गरिएको हो ।

संस्थानले जुनियर प्लम्बर, लाइट ड्राइभर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर र कार्यालय सहयोगीका पलका लागि आवेदन माग गरेको हो।

दरखास्ता फारमका साथमा शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकताको प्रमाणपत्र जस्ता कागजातहरुको प्रमाणित प्रतिलिपिहरु एक/एकप्रति र परीक्षा दस्तुर बुझाएको रसिद बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

चैत मसान्तभित्र आवेदन दिनुपर्ने दरखास्त आजको ३० दिनभित्र उल्लेखित कार्यलयमा पेश गर्न सकिने सूचनामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here