नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

काठमाडौं, १ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ ।

कम्पनीहरूले बोनस शेयर वितरणको प्रस्ताव गरेसँगै अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको हो ।

स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ४३ रूपैयाँ ४८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य एक हजार २०० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज चैत्र १ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेकोले हिजो फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको फागुन १६ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको छब्बीसौँ वार्षिक साधारण सभा चैत्र ९ गते, बुधबार, कम्पनीको केन्द्रिय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here