‘राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने छोटो समयमा राम्रो परिणाम दिन्छ’

काठमाडौं १ चैत । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने छोटो समयमा राम्रो परिणाम दिने बताएका छन् ।

पर्साको पोखरीया नगरपालिकामा वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्नति गरिएको शल्य चिकित्सा कक्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ढकालले उक्त कुरा बताएका हुा् ।

सम्बोधनको क्रममा ढकालले भने, ‘राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने निजी क्षेत्रले छोटो समयमा राम्रो परिणाम दिन सक्छ ।’

राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो परिणाम आउँछ भन्ने कुरा उद्घाटन गरिएको उक्त अस्पतालले पनि स्पष्ट पार्ने उनको तर्क थियो ।

‘म मेयरज्यूलाई धन्यवाद पनि दिन चाहन्छु । यहाँहरूले निजी क्षेत्रसँग सहकार्य गरेर आज यहाँ यो अस्पतालको स्तरोन्नति गर्न सफल हुनुभएको छ ।

यसले यो अस्पताल बन्ने र यहाँका स्थानीयलाई सहज स्वास्थ्य सेवामा पहुँच पुग्ने मात्र संकेत गर्दैन । राज्य र निजी क्षेत्रबीचको राम्रो सहकार्यको पनि सुरुवातको संकेत गरेको छ,’ ढकालले भने ।

निजी क्षेत्रलाई राज्यले सहजीकरण मात्र गर्ने हो भने यसले छोटो समयमा धेरै राम्रा काम गर्न सक्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here