निम्न चापीय प्रणालीको प्रभाव: यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २ चैत । हाल बङ्गलादेश तथा आसपासका क्षेत्रको निम्न चापीय प्रणालीले नेपालमा पहाडी भूभागमा आंशिक बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ ।

चैत २ गते (बुधबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन \ चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

चैत ३ गते (बिहीबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहने छ।

राती : देशभर मौसम सामान्यतया सफा रहने छ।

चैत ४ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here