शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकममा भारी गिरावट

काठमाडौं, २ चैत । शेयर बजारको आरोलो यात्रा कायमै रहेको छ । कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) १९.६५ अंकले घटेर २६३१.३२ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३१ कम्पनीको २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ बराबरको ४९ लाख ६७ हजार ४७१ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ३ हरियो भएको छ । भने १० वटा घटेको छ । टेलिकमको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

होटल समूह सबैभन्दा धेरै २.०९ प्रतिशतले बढेको छ भने अन्य समूह सबैभन्दा धेरै २.४७ प्रतिशतले घटेको छ

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल टेलिकमको भएको छ । यस कम्पनीको आज १६ करोड ३६ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा ग्रामिण विकास बैंकको कारोबार भएको छ । यस कम्पनीको आज १२ करोड २४ लाख भन्दा बढीको कारोबार भएको छ ।

तेस्रो स्थानमा अपी पावरको कारोबार रहेको छ । अपीले १० करोड ७८ लाखको कारोबार गरेको छ ।

आज इमजिङ नेपाल लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४७२.६० रुपैयाँ पुगेको छ ।

यसैगरी, मैलुङ खोला जलविद्युत् ६.१३, सोल्टी होटल ४.१७, ओरेन्टल होटल ३.०२, नेपाल फाइनान्स २.६४, तारागाउँ होटलको शेयरमूल्य २.६५ प्रतिशतले बढेको छ ।

त्यस्तै, अजोड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, ग्रामीण विकास लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको मूल्य २ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.९२ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here