राष्ट्र बैंक भन्छ – निर्माणाधीन जलविद्युत् परियोजना समयमै पूरा गर्नु चुनौतिपूर्ण

क्लाउडपत्रिका

काठमाडौं, २० माघ । उद्योगको क्षमता उपयोग बढे पनि उच्च वृद्धि कायम राख्न निर्माणाधीन जलविद्युत् परियोजना समयमै सम्पन्न गर्ने चुनौति कायमै रहेको राष्ट्र बैंकले जनाएको छ । यसकारण उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमता अपेक्षित रुपमा अभिवृद्धि हुन नसकेको प्रतिवेदनको निष्कर्ष छ ।

‘उद्योगी, व्यवसायी, किसान एवम् श्रमिकबीच दिगो रूपमा असल सम्बन्ध कायम गर्ने तथा औद्योगिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने चुनौती छन,’ प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, कृषि उत्पादनमा सुधार भएको देखिए पनि अपेक्षित उपलब्धि हासिल गर्न उन्नत बीउबिजन तथा रासायनिक मलको सहज आपूर्ति, सिंचाइ सुविधाको विस्तार र उत्पादित वस्तुको उचित बजारीकरण गर्ने चुनौती रहेको औंल्याइएको छ ।

भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदाको यथाशीघ्र पुनर्निर्माण तथा पर्यटकीय पूर्वाधारको विकास मार्फत पर्यटन क्षेत्रबाट अपेक्षित उपलब्धि हासिल गर्ने चुनौती कायमै रहेको प्रतिवेदनले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here