जीवन विकास लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

काठमाडौं, ४ चैत । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थाको पौष २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको तेस्रो वार्षिक साधारण सभा चैत्र २५ गते, शुक्रबार संस्थाको केन्द्रिय कार्यलग कटकरी २, मोरङमा १०ः३० बजेदेखि सुरु हुनेछ।

त्यसैले, चैत्र ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।

लघुवित्तले सभा प्रयोजनका लागि चैत १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज मिति तोकेको छ । तसर्थ, चैत ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।उक्त लाभांश लघुवित्तको साधरण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।

लघुवित्तले सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्ने, नोक्सान हिसाव पेश गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, चुक्ता पूँजी र अधिकृत पूँजी वृद्धि गर्ने लगायत एजेन्डा लैजाने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here