सौर्यबत्तीले झिलिमिली हुँदै गोदावरी

ललितपुर, २४ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सहयोगमा गोदावरी नगरपालिकाका वडामा सौर्यबत्ती जडानको कार्य भइरहेको छ ।

सार्वजनिक स्थानमा हुने दुर्घटना, यात्रुलाई गन्तव्यमा हुने असुरक्षा र आपत्कालीन समस्यालाई निराकरण गर्न सौर्यबत्ती जडान गर्न शुुरु गरिएको हो ।

‘मन्त्रालयले सौर्यबत्ती खरिदमा लाग्ने रकमको ६० प्रतिशत सहयोग गरेको छ’, वडा नं ३ का अध्यक्ष बालमुकुन्द घिमिरेले भने, ‘नगरपालिकाले ४० प्रतिशत रकम तिरेर प्रत्येक वडामा बत्ती जडान गर्दैछ ।’

एउटा सौर्यबत्ती खरिद गर्दा रु एक लाख पर्ने वडा नं ४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले जानकारी दिए । पहरीले भने, ‘नगरपालिकाले सौर्यबत्तीका लागि रु १९ लाख तिरेको छ ।’

गोदावरीले आगामी आर्थिक वर्षभित्र जडान गर्न एक हजार सौर्यबत्ती माग गरेको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।

‘अर्काे आवमा हाम्रो नगरपालिकाभित्र हालसम्म २०० वटा सौर्यबत्ती आउने निश्चित भइसकेको छ’, उनले भने, ‘माग गरेअनुसार त्यसमा ५० प्रतिशत सौर्यबत्ती ल्याउने पहलमा हामी लागी परिरहेका छौँ ।’ (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here