कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं ५ चैत । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

२०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

जेठ १६ गतेदेखि सुरु हुने परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने तालिकामा उल्लेख छ।

तालिकाअनुसार पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ ।

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ १६ देखि २५ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here