नागरिक लगानी कोषको कर्जा भुक्तानी कनेक्ट आइपीएस मार्फत

काठमाडौं, २४ असार । नागरिक लगानी कोषको कर्जा भुक्तानी आइपीएस प्रणाली मार्फत हुने भएको छ ।

नागरिक लगानी कोष कर्मचारी बचत बृद्धी अवकाश कोषको (८०५) कर्जा भुक्तानीलाई अन्लाईन माध्यम मार्फत सहजीकरण गराउन हिमालयन बैंक लिमिटेडसँग सम्झौता भई कनेक्ट आइपीएस ई— पेमेन्ट प्रणालीबाट हुने भएको भएको हो ।

उक्त सम्झौतामा नागरिक लगानी कोषका निर्देशक रमन नेपाल तथा हिमालयन बैंकका तर्फबाट अपरेटिङ अफिसर मृगेन्द्र प्रधानले नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितीमा हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्मचारी बचत वृद्धि अवकाश कोषको (८०%) कर्जा भुक्तानी अन्लाईन माध्यम मार्फत आइपीएसबाट सोझै प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ ।

नागरिक लगानी कोषको आईपीएस ई—पेमेन्टप्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंक लिमिटेडमा हुनेछ ।

यसका निम्ति ऋृणीले आइपीएस प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिन्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

ऋणीले डब्लुडब्लुडब्लु डट कनेक्ट आइपीएस डट कम मा गई नागरिक लगानी कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्ने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here