सुनको भाउ प्रतितोला ६ सय रूपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ६ चैत । नयाँ रेकर्ड बनाएर ओरालो लागेको सुनको भाउ घट्ने क्रम जारी छ । अघिल्लो दिनको तुलनामा साताको पहिलो दिन आज सुन-चाँदीको घटेको छ।

शुक्रबारको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

शुक्रबार सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आइतबार चाँदी १० रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा करोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here