दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने होटल समूहका लगानीकर्ता

काठमाडौं, ६ चैत । शेयर बजारको आरोलो यात्रा कायमै रहेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से) १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२४ कम्पनीको २ अर्ब २७ करोड ४६लाख २६ हजार १९० रुपैयाँ बराबरको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ । बुधवार २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १ हरियो भएको छ । भने १२ वटा घटेको छ । लगानी समूह १.६६ प्रतिशतले बढेको छ भने होटल समूह सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ ।

नेपाल लाइफको लाभांश पाउन शेयर किन्ने अन्तिम दिन भएका कारण नेपाल लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । नेपाल लाइफको १६ करोड २९ लाखबढीको कारोबार भएको छ ।

दोस्रोमा जीवन विकास लघुवित्तको कारोबार भएको छ । यस कम्पनीको १३ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।

तेस्रो स्थानमा नेपाल टेलिकमको कारोबार रहेको छ । टेलिकमले ८ करोड ८२ लाखबढीको कारोबार गरेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको । जुन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल लिमिटेड रहेका छन् ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ६२५.९० रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५१९.८० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक ४.८९, सप्तकोशी विकास बैंक ४.४८, जीवन विकास लघुवित्त २.९१ र नारायणी विकास बैंकको शेयर मूल्य २.४८ प्रतिशतले बढेको छ ।

त्यस्तै, जाल्पा लघुवित्त, गुराँस लघुवित्त, किसान लघुवित्त र एनएलजी इन्स्योरेन्सको मूल्य डेढ प्रतिशतशले बढेको छ ।

त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनी, शिवश्री हाइड्रोपावर, प्रभु लाइफ, एभरेष्ट इन्स्योरेन्स र बिशाल बजार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here