एक महिनामै थपिए ३ लाख वालेट प्रयोगकर्ता, कनेक्ट आइपीएस प्रयोग गर्ने ८ लाख नजिक

काठमाडौं, ६ चैत । डिजिटल बैंकिङ प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांक अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार गर्ने प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।

पछिल्लो समयछि फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड १० लाख ११ हजार ९३१ पुगेको छ ।

पुसमा यो संख्या १ करोड ७ लाख ११ हजार ८९ थियो । एक महिनामै ३ लाख ८४२ प्रयोगकर्ता थपिएका छन् । कनेक्ट आइपीएस प्रयोग गर्नेहरुको संख्या ७ लाख ९१ हजार १५१ पुगेको छ ।

त्यस्तै मोबाइल बैंकिङ प्रयोग गर्नेहरुको संख्या एक करोड ६४ लाख ७६ हजार ७ सय र इण्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या १५ लाख ८३ हजार २५३ रहेको छ ।

डेविट कार्डबाट प्रयोगकर्ताको संख्या १ करोड १२ हजार ९०७ पुगेको छ । क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २ लाख १६ हजार २७३ पुगेको छ ।

पछिल्लो समय एटीएम, डेविट कार्ड, क्रेडिट कार्ड, आरटिजिएस, इसीसी, आइपिएस र कनेक्ट आइपीएसबाट हुने कारोबारको रकम तथा संख्या समेत ह्वात्तै बढेको देखिन्छ ।

डिजिटल बैंकिङ ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययम पनि हो।

नेपालमा सन् २००५ मा पहिलो पटक मोबाइल बैंकिङको सुरुवात भएको थियो। स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालमा यो सेवाको सुरुवात गरेको थियो ।

स्ट्यान्डर्ड चाटर्ड बैंकले यो सेवाको सुरुवात गर्दा एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको हेरफरेका बारेमा जनाकारी गराउने सुविधाको विकास गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here