स्थानीयबासीको आक्रमणले प्रहरीको मृत्यु भएपछि लेटाङमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं, ७ चैत । मोरङको लेटाङमा अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको छ। आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएपछि स्थानीय प्रशासनले बिहान ७ बजेबाट कर्फ्यु लगाएको हो।

आइतबार साँझ लेटाङ-५ खेरुवामा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।

आइतबार बिहान लेटाङ नगरपालिका-५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि होलीका दिन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।

घटनाबारे विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसिरहेको समयमा आक्रोशित भीडले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास भएपछि स्थितिलाई नियन्त्रणमा लिन पुगेको प्रहरीसँग झडप भएको थियो।

आक्रोशित भीडले सवारी साधनमा आगजनी र तोडफोड गर्नथालेपछि प्रहरीले हवाइफायर र केही सेल अश्रुग्याँस प्रहार गरेको थियो। घटनामा दुई विद्यार्थीसहित १६ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here