एनआईसी एशिया बैंकले ल्यायो निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना

काठमाडौं, ७ चैत । एनआईसी एशिया बैंकले समय अनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।

बैंकले २०७८ चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहक महानुभावहरूल एन आई सी एशिया मोबाइल बैंकिङ्ग एप प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।

एन आई सी एशिया मोबाइल बैंकिङ्ग एप मार्फत आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकहरूले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एन आई सी एशिया मोबाइल बैंकिङ्ग एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नुहुनेछ ।

यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एन आई सी एशिया मोबाइल बैंकिङ्ग एप भित्र रहेको सेन्ट रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्ने बैंकले जनाएको छ ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । साथै, बैंकका कुनै एक ग्राहकले अर्को कुनै ग्राहकलाई पठाएको रेमिट रकम एन आई सी एशिया मोबाइल बैंकिङ्ग एप बाट सहजै बुझन सकिने नवीन सुविधा समेत यस एपमा रहेको छ ।

यसका लागि ग्राहकहरूले एन आई सी एशिया मोबाइल बैंकिङ्ग एप भित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिट भित्र आफुलाई प्राप्त रकम र युनिक पिन विवरण राखे पश्चात् रकम खातामा स्थानान्तरण गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here