दोहोरो अंकले बढ्यो नेप्से, लगानीकर्ताको रोजाइमा ‘नेपाल टेलिकम’

काठमाडौं, ७ चैत । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक (नेप्से) १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २३१ कम्पनीको २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । आइतबार २ अर्ब २७ करोड ४६लाख २६ हजार १९० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूह मध्ये ११ वटाको परिसूचक हरियो भएको छ भने २ वटाको घटेको छ । दोहोरो अंकले बढेको बजारमा आज टेलिकमको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

दोहोरो अंकले बढेको बजारमा बैंकिङ ५ माइक्रोफाइनान्स ३३ अंकले, निर्जीवन बीमा ४६, जलविद्युत ८३ अंकले बढेको छ ।

विकास बैंक १३१, फाइनान्स ५६, उत्पादन समूह ३३ र जीवन बीमा समूह १६८ र लगानी समूह ०९२ अंकले बढेको छ । अन्य उपसमूह ४२ अंक र होटल तथा पर्यटन १३ अंकले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको २० करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा अरुण भ्यालीको भएको छ । यस कम्पनीको ९ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।

तेस्रोमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको ९ भन्दा बढीको कारोबार भएको छ ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको । इमर्जिङ नेपालको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५७१.७० रुपैयाँ पुगेको छ ।

त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here