५९६ स्कूल, जहाँ एक जना पनि विद्यार्थी छैनन्

२५ असार । एक प्रदेश, जहाँ पर्याप्त स्कलू छन्, तर पढ्ने विद्यार्थी छैनन् । भारतमा यस्तै भएको छ । अरुणाचल प्रदेश भित्र मात्र ५९६ विद्यालयमा एक जना पनि विद्यार्थी नभएको तथ्य फेला परेको छ ।

मंगलबार भारतीय विधानसभामा प्रस्तुत एक तथ्यांक अनुसार अरुणाचल प्रदेशमा रहेका ५९६ स्कूलमा कुनै पनि विद्यार्थी भर्ना नभएका कारण सरकारको लगानी खेर गइरहेको छ ।
त्यसो त यो वर्ष विद्यार्थी नपाउने स्कूलको संख्या उल्लेख्य बढेको हो । गत वर्ष अगस्टमा तयार पारिएको अर्को प्रतिवेदनमा विद्यार्थी बिहिन विद्यालयको संख्या २५४ थियो ।
शिक्षा मन्त्री तबा तेदिरका अनुसार अब क्रमशः विद्यार्थीबिहीन विद्यालय बन्द गर्ने सरकारको नीति रहेको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here