दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं, ८ चैत । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १६.०४ अंकले बढेर २६५०.७० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३५ कम्पनीको २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूह मध्ये १० वटाको परिसूचक हरियो भएको छ भने ३ वटाको घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयर धेरै किनबेच भएको छ ।

यस कम्पनीको आज १५ करोड ३३ लाख भन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको १० करोड ७१ लाख भन्दा बढीको कारोबार भएको छ ।

एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको । जुन इमर्जिङ नेपाल लिमिटेड रहेको छ । इमर्जिङ नेपालको शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६२८.८० रुपैयाँ पुगेको छ ।

त्यसैगरी,राष्ट्र उत्थान लघुवित्त ६.०९, नेपाल लाइफ इन्स्योरेन्स ५.१८, समता घरेलु लघुवित्त ४.७७, एनएमबी हाइब्रीड फण्ड २.७६, विशाल बजार २.७५, ग्रीन डेभलपमेन्ट बैंक २.५९ प्रतिशतले शेयरमूल्य बढेको छ ।

मितेरी डेभलपमेन्ट बैंक २.५४, सांग्रिला डेभलपमेन्ट बैंक २.४४, ग्रामीण विकास लघुवित्त, नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य २ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here