नेपाल फाइनान्सलाई हकप्रद शेयर निष्काशनको अनुमति

काठमाडौं, ९ चैत । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको हो ।

कम्पनीले बोर्डबाट १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो ।

अब कम्पनीले ३४ लाख ५४ हजार ४ सय ७४.२७५० कित्ता हकप्रद निष्काशन गर्नेछ ।शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here